कस्तो छ उन्नति सहकार्य लघुवित्तको दोस्रो त्रैमामसम्मको वित्तीय रिपोर्ट ?

२८ माघ २०८०, आईतवार १२:३०

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा २४ लाख ९३ हजार रुपैयाँले रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ४८ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको सञ्चालन नाफा ३५ लाख ६२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको वितरणयोग्य नाफा १५ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २४ करोड ६८ लाख रुपैयाँ, जगेडा कोषमा ८ करोड १९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ २ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९८ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*