आइजीआई प्रुडेन्सियल नेपाल पुनर्बीमा कम्पनीको संस्थापकबाट बाहिरिदै

२८ माघ २०८०, आईतवार १३:३१

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गर्ने भएको छ । पुनर्बीमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने छ ।

न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । चैत १२ गतेसम्म आवेदन दिन मिल्नेछ ।

आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*