हिमालयन रिइन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनपछि कसरी जुटाउदैछ पुँजी ?

२८ माघ २०८०, आईतवार १३:४२

काठमाडौ । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीले पुँजी पुराउने बाटो खोजेको छ। कम्पनीले भखरै आइपीओ निष्काशन गरेर आफना शेयरधनीहरुलाई तेस्रो बार्षिक साधारणसभामार्फत लाभांश समेत घोषणा समेत गरिसकेको छ।

नियामकले दिएको पुँजीको प्रावधान अनुसार हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुयाउने भएको छ । कम्पनीले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको हो।
नेपाल बीमा प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीहरूलाई एक वर्षभित्र २० अर्ब पुँजी पु¥याउन सर्कुलर जारी

गरेको थियो । पुँजी वृद्धिको योजना पेस गर्न १५ दिनभित्र योजना पेस गर्न प्राधिकरणले निर्देशन दिएको थियो । सोही बमोजिम हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी पु¥याउने योजना बनाएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजीको कम्पनीले ४ प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्ने छ ।
कम्पनीले १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ हकप्रद सेयर निष्कानश गर्नेछ ।

हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी १८ अर्ब ७२ करोड रपैयाँ पुग्नेछ । बाँकी रहेको पुँजी बोनस सेयर वितरण गरेर २० अर्ब पु¥याउने योजना कम्पनीको छ । कम्पनीले हकप्रद सेयर निष्काशन र लाभांश प्रस्ताव पारित गर्न फागुन २० गते राष्ट्रिय सभा गृह काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।

कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*