स्विकृती नलिई हिमालयन रिले ८० प्रतिशत हकप्रद एजेण्डा साधारणसभामा राख्दा प्राधिकरणको आपत्ती

२८ माघ २०८०, आईतवार १४:४२

काठमाडौं । पूर्व स्विकृती नलिई हिमालयन रि इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद एजेण्डा बार्षिक साधारणसभामा लान लागेको बिषयमा नेपाल बीमा प्राधिकरणले आपत्ति जनाएको छ।प्राधिकरणले नियामकबाट पूर्व स्विकृती नलिई हकप्रद निष्काशन गर्ने निर्णय गरेर सो सँम्बन्धि प्रस्ताव साधारणसभामा लैजान लागेपछि प्राधिकरणले कम्पनीलाई स्पष्टीकरण सोध्ने तयारी गरेको हो।

८० प्रतिशत हकप्रद ल्याउने निर्णय प्राधिकरणसँग स्विकृती नै नलिई हकप्रद समबन्धि सूचना सार्वजनिक गरेकाको प्राधिकरणका एक उच्च कर्मचारीले बताएका छन् ।कम्पनीले आज साधारणसभाको सूचना प्रकाशन गरेको हो । कम्पनीले बोनस शेयर वितरणपछि ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ ।

कम्पनीले बोनस सेयर पश्चात हुने चुक्ता पूँजी १० अर्ब ४० करोडको ८० प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*