हिमालयन रि इन्स्योरेन्सका लगानीकर्तालाई कम्पनीको जरुरी सूचना

२८ माघ २०८०, आईतवार १५:३१

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आफना लगानीकर्ताको लागि जरुरी सूचना जारी गरेको छ।

कम्पनीले आम लगानीकर्ताहरु हकप्रदको बुक क्लोज भएको बुझेको भन्दै सपष्ट पार्न कम्पनीले यस्तो सूचना जारी गरेको हो ।

कम्पनीले फागुण २० गते हुन गईरहेको बार्षिक साधारणसभाको लागि फागुण सात गते भनिएको बुक क्लोज हकप्रद शेयरको हकमा पनि लागू हुने भनी सर्वसाधारणको बुझाई रहेकोले उक्त बुक क्लोज मिति बोनस शेयर वितरण प्रायोजनको लागि मात्र भएको र हकप्रद शेयरको हकमा कम्पनीको बार्षिक साधारणसभा र नियमनकारी निकाय प्राधिकरणबाट स्वीकृत भएपछि मात्रै बुक क्लोजको मिति तोक्ने बिषयमा आम लगानीकर्तालाई सचेत गराएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*