हिमालयन रिइन्स्योरेन्स कम्पनीको नाफा शतप्रतिशत बढ्यो, व्यवसाय दुई अर्बमाथि

२९ माघ २०८०, सोमबार ०७:४२

हिमालयन रि इन्स्योरेन्सको मुनाफामा लगभग शत् प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रमासिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा ३० करोडबाट बढेर ६० करोड २७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको मुनाफा ९९.७३ प्रतिशतले बृद्धि भएको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीको कूल बीमा व्यवसाय १५४.६५ प्रतिशत बढेर दुई अर्ब २४ करोड २१ लाख पुगेको छ । छ महिनाको अवधीमा कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ९२.८४ प्रतिशत बढेको छ भने कुल खर्च ८९.३५ प्रतिशत बढेको छ ।

भर्खरै मात्रै प्रिमियम मूल्यमा आईपिओ जारी गरेको हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेर २ रुपैयाँ ८२ पैसाबाट १२ रुपैयाँ ५ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*