एलआईसी नेपालको सबै सूचांकमा प्रगति, जीवन बीमा कोषमा एक खर्ब १३ अर्ब मुनाफा ५९ प्रतिशतले बृद्धि

२९ माघ २०८०, सोमबार ०८:०४

काठमाडौं । एलआईसी नेपालले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको जीवन बीमा कोषको आकार एक खर्ब १३ अर्ब नाघेको छ भने मुनाफामा पनि उछाल आएको छ ।
आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५९.७९ प्रतिशतले बृद्धि भई आठ करोड ५५ लाखबाट बढेर १३ करोड ६६ लाख पुगेको छ । गत आवमा फ्युचर बोनस प्रोभिजनिङका कारण घटेको मुनाफा यस वर्ष यस्तो प्रोभजनिङमा खुकुलो बनाएसँगै बृद्धि भएको हो ।

कम्पनीको व्यवसाय गत आवको यसै अवधीको तुलनामा सामान्य मात्रै घटेको छ । गत आवमा आठ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको छ महिनाको अवधीमा आठ अर्ब ६६ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

दोस्रो त्रैमाससम्ममा एलआईसी नेपालले एक खर्ब १३ अर्ब ८० करोड रुपैयाँ जीवन बीमा कोषमा संचिती गर्न सफल भएको छ । अघिल्लो आवको यसै अवधीमा कम्पनीले एक खर्ब एक अर्ब रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेको थियो ।

समीक्षा अवधीमा कम्पनीको कूल दावी भुक्तानी तीन अर्ब ९८ करोडबाट बढेर पाँच अर्ब २५ करोड नाघेको छ । त्यस्तै, लगानीबाट प्राप्त आम्दानी बृद्धि हुँदा कम्पनीको मुनाफा बढेको देखिएको छ । जसबाट कम्पनीको प्रतिशेयर आम्दानी बृद्धि भई ६.४५ रुपैयाँबाट बढेर १०.३१ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधीमा कम्पनीमा कायम बीमा पोलिसी संख्या छ लाख ८९ हजार ७४० बाट बढेर छ लाख ९३ हजार ३७७ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*