दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको सूचांकहरु उत्साहप्रद, १९ प्रतिशतले बढ्यो मुनाफा, व्यवसायमा बृद्धि

२९ माघ २०८०, सोमबार १०:०४

काठमाडौं । चालु आवको दोस्रो त्रैमासिक अवधीमा शिखर इन्स्योरेन्स कम्पनीको उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र व्यवसाय दुवैमा उल्लेख्य प्रगति हुँदा तथ्याङ्कमा उत्साहप्रद बृद्धि देखिएको हो ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्मा २५ करोड ११ लाख १२ हजार ६५४ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको यसै अवधीको तुलनामा नाफामा १९.१७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा २१ करोड रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानीमा समेत बृद्धि गर्न सफल भएको छ । अघिल्लो आवका १५।८७ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यस आवको छ महिने अवधीमा १८.९२ रुपैयाँ पुगेको छ ।

समीक्षा अवीमा कम्पनीको बीमा व्यवसाय ३.१८ प्रतिशतले बृद्धि भई एक अर्ब ८८ करोडबाट बढेर एक अर्ब ९४ करोड पुगेको छ । कम्पनीले दावी भुक्तानीमा उल्लेख्य सुधार गरेको पाइएको छ । जोखिमपूर्ण व्यवसाय पन्छाउँदै मुनाफा र बीमा सेवामा केन्द्रीत रहेको कम्पनीको दावी भुक्तानी २५ प्रतिशतले घटेर एक अर्ब १९ करोडबाट झरेर ८९ करोडमा सीमित हुन पुगेको छ ।

समीक्षा अवधीमा शिखर इन्स्योरेन्स कम्पनीले एक अर्ब नौ करोड रुपैयाँ कूल आम्दानी गरी ७३ करोड रुपैयाँ खर्च गरेको छ ।

कूल दुई अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँ चुक्ता पुँजि रहेको शिखर इन्स्योरेन्स कम्पनीमा महाविपत्ती कोषमा १३ करोड ४८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३१ करोड ४९ लाख ७९ हजार रुपैयाँ रहेको छ । त्यस्तै बीमा कोषमा पाँच अर्ब ६४ करोड रुपैयाँ सहित कूल कोषको आकार छ अर्ब आठ करोड नाघेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*