कुमारी बैंकको साधारण सभाबाट ६ जना संचालक निर्वाचित

२९ माघ २०८०, सोमबार १०:५०

काठमाडौं । कुमारी बैंक लिमिटेडको माघ २८ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट ६ जना संचालकहरु निर्वाचित भएका छन् ।

बैंकको संस्थापक समूहको संचालकतर्फ अमिर प्रताप जबरा, विजय कुमार श्रेष्ठ (कर्मचारी संचय कोषका प्रतिनिधि) र पशुपति मुरारका निर्वाचित भएका छन् ।

त्यस्तै, सर्वसाधारण समूहको संचालकतर्फ महेश प्रसाद पोखरेल र राजाराम खड्का निर्वाचित भएका छन् भने महिलाको तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएकी छिन् ।

बैंकको २३ औं वार्षिक साधारण सभा २०८० साल माघ महिना २८ गते आइतबारका दिन काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आव २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र चालु आवको लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*