अर्थ र राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक नीति समीक्षा एकैदिन, सेयर धितो कर्जाको क्याप र ब्याजदर के होला ?

२९ माघ २०८०, सोमबार १०:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षा आज सार्वजनिक गर्ने दिनमा नै अर्थमन्त्रालयले अर्धवार्षिक मौद्रिक नीति समीक्षाको लागी बोलाएको छ ।अर्थमन्त्रालयले दिँउसो बोलाएको छ भने राष्ट्र बैंकले समय तोकेको छैन । सो कारण पनि अलमलमा राष्ट्र बैंक परेको छ।

नेपाल राष्ट्र बैंकले आज साँझ मौद्रिक नीतिको अर्थ वार्षिक समिक्षा सार्वजनिक गर्नको लागि बोर्ड बैठक बोलाएको छ । गत साता मौद्रिक निति आज सार्वजनिक गर्ने भनेपनि अर्थमन्त्रालयले आर्थिक बर्ष २०८०र८१ को बजेटको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम दिउसो ३ः ३० मा रहेको छ । उक्त कारण आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नितिमा बजेट मूल्यांकन प्रतिवेदनको बिषय समावेश गनुपर्ने भएको कारण आज साँझसम्म आउने सम्भावना न्यून रहेको प्रवक्ता गुणाकर भट्टले बताएका छन् ।

अर्थमन्त्रालयको उक्त बिषयमा समावेश राष्ट्र बैंकले गनुपर्ने हुन्छ । सो को लागी बजेट रिभ्यू गरेर साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ।

आज बेलुकाको बोर्ड बैंठक सकिन साथ राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंकका एक अधिकारीले बीमापोष्टलाई जानकारी दिएका छन् ।

अर्धवार्षिक समिक्षा मार्फत सेयर धितो कर्जाको क्याप हटाउ सेयर बजारका लगानीकर्ताको बुझाई छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको सीमामा व्यक्तिगततर्फको अधिकतम १५ करोड रुपैयाँ र संस्थागततर्फ भने बढेर २० करोड रुपैयाँको क्याप लगाएको छ ।

कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ र धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्ते कर्जाको अधिकतम सीमा २० करोड कायम गरिएको हो ।

साथै ब्याजदरको बिषयमा खुकुलो निति लिने संकेत देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*