एनआईसी एसिया बैंकद्धारा ब्याजदर घटाउने निर्णय, निक्षेप र ऋणको कति पुग्यो ब्याजदर ?

२९ माघ २०८०, सोमबार १०:३२

काठमाडौं । एनआईसी एसिया बैंकले भोलि फागुन १ गतेदेखि लागू हुने निक्षेप तथा कर्जा दुवैको ब्याजदर न्यून अंकले घटाउने निर्णय गरेको छ । चर्को व्यवस्थापन खर्चका कारण उच्च बेसरेटका कारण बैंकका ऋणीहरुले अझै चर्को ब्याजदर तिर्न बाध्य छन् ।

आज प्रकाशित सूचना अनुसार बचत खाताको ब्याजदर बार्षिक ३.६५ प्रतिशत रहेको छ । त्यस्तै, मुद्दति निक्षेपको ब्याजदर चार प्रतिशतदेखि ८ प्रतिशतसम्म रहेको छ । अवधी अनुसार ब्याजदर बृद्धि हुँदै गएको देखिएको छ । एनआईसी एसिया बैंकका संस्थागत निक्षेपकर्ताहरुले जम्मा ६ प्रतिशत मात्रै ब्याज पाउनेछन् ।

आज प्रकाशित नयाँ ब्याजदर अनुसार एनआईसी एसिया बैंकका ऋणीहरुले बार्षिक १०.८५ प्रतिशतदेखि १३.१० प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । एनआईसी एसिया बैंकको ब्याजदर यसअघि १६ प्रतिशतसम्म पुगेकोमा विस्तारै घट्न् क्रममा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*