नेप्सेमा गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत

२९ माघ २०८०, सोमबार ११:५३

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा गरिमा विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

यस दिन बैंकको ९.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको हो ।

यससँगै नेप्सेमा बैंकको ४९ लाख २८ हजार ३०२ कित्ता बोनस शेयर थपिएको छ । यो अबको शेयर बजारमा कारोबार गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*