फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्दै अरुण भ्याली हाइड्रोपावर

२९ माघ २०८०, सोमबार १४:२२

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

१ बराबर १ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर कम्पनीले विक्री गर्नेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ कायम हुनेछ ।

हकप्रद शेयर निष्कासन प्रयोजननका लागि कम्पनीले माघ १५ गते एक दिन बुक क्लोज गरेको हुँदा माघ १४ गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद आवेदन दिन पाउनेछन् । उक्त हकप्रदमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेट ।

कम्पनीको हकप्रदमा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । योग्य खरीदकर्ताहरूले बिक्री प्रबन्धकसँगै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*