प्रभु इन्स्योरेन्सको नाफामा वृद्धि, कस्ता छन् अन्य सूचक ?

२९ माघ २०८०, सोमबार १५:२६

काठमाडौं । चालु आवको दोस्रो त्रैमाससम्म प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ३९.७४ प्रतिशतले बढेर १० करोड ८६ लाख १२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको यस्तो नाफा ७ करोड ७७ लाख २५ हजार रुपैयाँ मात्रै रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषमा ८९ करोड ३० लाख रहेको छ भने जगेडा कोषमा ११ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १००.६१ प्रतिशतले बढेर ४२ करोड ९२ लाख रुपैयाँ रहेको छ । यता कम्पनीको कमिशन आय ३४.९८ प्रतिशतले घटेर ६ करोड ४८ लाख रुपैयाँ भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी २८.३७ प्रतिशतले घटेर २२ करोड ६२ लाख ७५ हजार रुपैयाँ भएको छ । कम्पनीको प्रति शेयर आम्दानी १५.७९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*