विश्व बैंकको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा हुने, ९२ देशबाट अतिथि आउने

२९ माघ २०८०, सोमबार १६:०८

काठमाडौं । विश्व बैंकको अन्तर्राष्ट्रिय सम्मेलन यस पटक नेपालमा हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा हुने बताएका हुन् । मन्त्री महतले अर्थमन्त्रालयमा आयोजित बजेटको अर्धबार्षिक समीक्षा कार्यक्रममा बोल्दै विश्व बैंकका प्रमुख सहित ९२ देशका अतिथिहरु नेपाल आउने भव्य र ऐतिहासिक कार्यक्रम नेपालमा हुन लागेको जानकारी दिए ।

मन्त्री महतले सरकारले लगानी सम्मेलन गर्न लागेकै बेला विश्व बैंकले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नु नेपालमा लगानीको लागि नयाँ वातारण बन्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*