दोस्रो त्रैमाससम्म लिवर्टी माइक्रो लाइफको नाफा ८२ लाख

२९ माघ २०८०, सोमबार १६:३९

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै यही अवधिमा कम्पनीको महाविपत्ती कोषमा १० लाख ७५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीले २६ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यही अवधिमा कम्पनीको जगेडा कोषमा ९९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

यता चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको कमिशन खर्च ३ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*