रिडी पावरले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

१ फाल्गुन २०८०, मंगलवार १०:२४

काठमाडौँ । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसमा १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

हकप्रद सेयरका लागि माघ २२ गते बुक क्लोज गरेको हुँदा माघ २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त सेयरमा आवेदन दिन पाउनेछन् । लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*