दुई थरी बुक क्लोज राख्दै धौलागिरी लघुवित्तले गर्यो साधारण सभा आव्हान, सेयरधनी अलमलमा

१ फाल्गुन २०८०, मंगलवार १२:००

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडल चैत १ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बाग्लुङमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

साधारण सभा आव्हान गरेको सूचनामा दुई थरी बुक क्लोजको मिति तय गरीएको पाइएको छ । कम्पनी फागुन १ गते र फागुन १७ गते दुई बुक क्लोजको मिति राखेको छ । सभा आव्हान गरेको मिति मै एउटा बुक क्लोज र अर्का चोटी पुनः बुक क्लोजको सूचना देखेपछि सेयरधनी अलमलमा परेका छन् ।

सूचनामा भनिएको छ, ‘पाचौ वार्षिक साधारणसभा प्रयोजनका लागि मिति २०८०/११/०१ सम्म कायम संस्थापक र सर्वसाधारण शेयरधनीहरुलाई मात्र साधारण सभामा भाग लिन, मतदान गर्ने अधिकार हुनेछ ।’ पुनः सोहि सूचनामा वार्षिक साधारण सभा प्रयोजनका लागि फागुन १७ गते एक दिन संस्थाको सेयरधनी दर्ता किताब/सेयर दाखिला खारेज बन्द हुने जनाएको छ ।

यता, सस्थाका अनुपालक अधिकारी मिन प्रसाद जोशि भने बुक क्लोजको मिति फागुन १७ गते रहेको बताए । उनले भने, ‘हामीले चैत १ गते साधारण सभा बोलाएका छौं जसका लागि फागुन १७ गते बुक क्लोजको मिति तय भएको छ । फागुन १ गते भनेको बुक क्लोज निर्वाचन प्रयोजनका लागि बुक क्लोज अघिको सेयरधनीहरुको निस्ट बनाउनु पर्छ यसैका लागि हो ।’

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै सञ्चालक समूहबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । मर्जर तथा प्राप्ति प्रस्ताव गरेको कम्पनीले मर्जर सम्बन्धि काम गर्ने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभामा लाभांश प्रस्ताव भने गरिएको छैन् ।

1707798193642

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*