कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

१ फाल्गुन २०८०, मंगलवार १२:१७

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी रत्ना कुमारी आले मगरको नाममा रहेको पाँच हजार २३ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*