राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा वृद्धि, कस्ता छन् अन्य सूचक?

१ फाल्गुन २०८०, मंगलवार १३:३९

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ४४.१५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले १ करोड ४२ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा ९९ लाख १२ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ६ अर्ब ४१ करोड ४७ लाख ९२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो बीमाशुल्क आर्जन ६ अर्ब १४ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ४९ करोड ८० लाख ६२ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको कमिशन खर्च ९ करोड ९ लाख देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको यस्तो खर्च ९ करोड १३ लाख रुपैयाँ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*