६ खर्ब ३२ करोड रुपैयाँ जीवन बीमा कम्पनीहरुको बीमा कोषमा संचिति, ११ प्रतिशतले बढ्यो कोषको रकम

१ फाल्गुन २०८०, मंगलवार १३:४७

काठमाडौं । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १४ जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ११.८९ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सबै कम्पनीहरुले बीमा कोषको आकार बढाएको देखिएको हो ।

विवरणअनुसार पुष मसान्तसम्म जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ६ खर्ब ३२ अर्ब ३० करोड रुपैयाँ रहेको छ । जुन यो गत आवको तुलनामा ११.८९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीहरुको बीमा कोषमा ५ खर्ब ६५ अर्ब १३ करोड रुपैयाँ संचिति रहेको थियो ।

                     स्रोतः कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको सार्वजनिक रिपोर्ट

बीमा कम्पनीहरुले बीमा ब्यवसाय गर्दा बीमितहरुमार्फत उठाएको प्रिमियम, बीमालेख धितोमा कर्जाबाट प्राप्त ब्याजदर रकम, मुद्दती निक्षेपबाट प्राप्त ब्याजदर, लगानी कर्जा तथा अन्यबाट आय र पुनर्बीमा कमिशन आयबाट मुनाफा संचित गरी बीमा कोषमा केही रकम संचित गरी राखेको हुन्छ । भविष्यमा कम्पनीमा हुन सक्ने जोखिम बहनका लागि जीवन बीमा कम्पनीहरुले अनिवार्य रुपमा बीमा कोषमा रकम छुट्याएर राखेको हुन्छ, हुनुपर्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा बढी बीमा कोषको आकार नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । नेपाल लाइफले पहिलो त्रैमाससम्म एक खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ जीवन बीमा कोषमा संचित गरेर राखेको छ । जुन यो गत आवको तु्लनामा १०.९६ प्रतिशत बढी हो ।

त्यस्तै, एलआइसी नेपालले पनि जीवन बीमा ब्यवसायमा उल्लेख्य विस्तार गर्दै पहिलो त्रैमाससम्म १ खर्ब १३ अर्ब ८० करोड रुपैयाँ संचित गरेको छ । साथै नेशनल लाइफले पनि चालु आर्थिक वर्षको ६ महिनामा बीमाकोषको आकार बढाएर कोषमा ७१ अर्ब ४४ करोड रुपैयाँ संचित गरेको छ ।

साथै, हिमालन लाइफको ५८ अर्ब ४८ करोड, राष्ट्रिय जीवन बीमाको ५२ अर्ब ६३ करोड, एशियन लाइफको ४० अर्ब ९ करोड, सूर्यज्योति लाइफको ३० अर्ब ५१ करोड, मेट लाइफको २५ अर्ब ३२ करोड, सानिमा रिलायन्सको १२ अर्ब ६९ करोड, सिटिजन लाइफको १२ अर्ब ७ करोड, रिलायबल नेपालको ८ अर्ब ५३ करोड, प्रभु महालक्ष्मीको ८ अर्ब ५१ करोड, आइएमई लाइफको ७ अर्ब ९९ करोड र सन नेपालको ६ अर्ब ५१ करोड रुपैयाँ संचित रहेको छ ।

बृद्धिदरको आधारमा कुनको कति ?

१४ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमा कोषको आधार बढाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनमा सबै कम्पनीको बीमा कोषको आकार बृद्धि भएको छ । सो मध्ये पनि रिलायबल नेपाल लाइफले यस अवधिसम्म जीवन बीमा कोषको आकार ३१.४७ प्रतिशतले बढेको छ ।

जीवन बीमा कोषको आकार बढाउनेमा सिटिजन लाइफ दोस्रो नम्बरमारहेको छ । कम्पनीको जीवन बीमा कोष १८.३० प्रतिशतले बढेको हो ।

त्यस्तै, प्रभु महालक्ष्मीको १६.३३ प्रतिशत, सानिमा रिलायन्सको १६.३० प्रतिशत, सन नेपाल लाइफको १४.८१ प्रतिशत, एशियन लाइफको १४.६० प्रतिशत, राष्ट्रिय जीवन बीमाको १४.०८ प्रतिशत, आइएमई लाइफको १३.९१ प्रतिशत, हिमालयन लाइफको १२.२१ प्रतिशत, एलआइसी नेपालको ११.९७ प्रतिशत, सूर्यज्योति लाइफको ११.२१ प्रतिशत, नेपाल लाइफको १०.९६ प्रतिशत, नेशनल लाइफको ८.६० प्रतिशत र मेट लाइफको ६.११ प्रतिशतले बीमा कोषको आकार बढेको छ ।

                                                                  

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*