ग्लोबल आइएमई क्यापिटलको प्रभातकालीन काउण्टर सञ्चालनमा

१ फाल्गुन २०८०, मंगलवार १४:२३

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रभातकालिन काउन्टर सञ्चालन हुने भएको छ । क्यापिटलले आज अर्थात् फागुन १ गतेदेखि बिहान ८ बजेदेखि प्रभातकालिन काउण्टर सञ्चालन गर्न लागेको हो ।
समयमा आफ्नो व्यस्त दैनिकी, रोजगारी, जागिर तथा पेशा व्यवसायमा आवद्ध भएका तथा अन्य कारणले गर्दा कम्पनीको नियमित कार्यालय समयमा कार्यालयमा उपस्थीत भई सेवा लिन नसक्ने ग्राहकलाई राहत पुग्नेछ ।
उक्त समयमा हितग्राही खाता र मेरो शेयर खाता खोल्ने तथा नविकरण गर्ने, हितग्राही खाता तथा मेरो शेयरसँग सम्बन्धित विवरण अद्यवाधिक गर्ने, आफ्नो नाउँमा रहेको विभिन्न सूचीकृत कम्पनीहरुकोे भौतिक शेयर अभौतिकिकरण गरी डिम्याट खातामा जम्मा गर्ने, शेयर धितो रोक्का/फुकुवा गर्ने लगायतका सम्पूर्ण कार्य तथा यस कम्पनीले प्रदान गर्ने अन्य सेवा सुविधा सम्बन्धि आवश्यक जानकारी समेत प्राप्त गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*