निर्जीवन बीमा कम्पनीहरुको ब्यवसाय १५ प्रतिशतले बढ्यो, आरबिसिएल र नेशनलको ब्यवसायमा गिरावट, अन्य कुनको कति ?

१ फाल्गुन २०८०, मंगलवार १६:२७

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्ममा कुल १५ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनामा रिपोर्ट अनुसार अधिकांश कम्पनीको बीमा ब्यवसाय वृद्धि गर्न सफल भएका हुन् ।

यस त्रैमाससम्ममा तीन कम्पनीको व्यवसाय बाहेक सबै कम्पनीको सुधार आएको तथ्यांकमा देखिएको छ । निर्जीवन बीमा कम्पनीहरु पुष मसान्तसम्ममा १५ अर्ब ४० करोड ५२ लाख ५८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा १५.९२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १३ अर्ब २८ करोड ९० लाख ७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

 

चालु आर्थिक वर्षको पुष समान्तसम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यस अवधिसम्ममा इन्स्योरेन्सले १ अर्ब ९४ करोड १९ लाख रुपैयाँ बीमा शुल्क कमाउन सफल भएको छ ।

सर्वाधिक बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीको दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिभमा १ अर्ब ९१ करोड ४८ लाख ८० हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, समिक्षा अवधिमा सिद्धार्थ प्रिमियरले १ अर्ब ५० करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब २७ करोड, हिमालयन एभरेष्टले १ अर्ब २७ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब १४ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ९ करोड, एनएलजि इन्स्योरेन्सले १ अर्ब ६ करोड, प्रभु इन्स्योरेन्सले ९० करोड ६१ लाख, सानिमा जिआइसीले ८६ करोड ३५ लाख, ओरिन्टिल इन्स्योरेन्सको ७५ करोड ५४ लाख , नेपाल इन्स्योरेन्सले ७२ करोड ५४ लाख, राष्ट्रिय बीमा कम्पनीले ६८ करोड १७ लाख र नेशनल इन्स्योरेन्सले ३० करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

वृद्धिदरमा आधारमा को अगाडि ?

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सबै भन्दा बढी कुल बीमा शुल्क आर्जन गर्नेमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९९.७३ प्रतिशतले बढेको हो ।

यस अवधिमा कुल बीमा शुल्क आर्जन सर्वाधिक बढाउने दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । पुष मसान्तसम्मको अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ८६.२० प्रतिशतले बढेको हो ।

त्यस्तै, गत आर्थिक वर्षको तुलनामा आइजीआई प्रुडेन्सियलको ७६.६३ प्रतिशत, हिमालयन एभरेष्टको ३०.५७ प्रतिशत, सगरमाथा लुम्बनीको १९.८० प्रतिशत, प्रभु इन्स्योरेन्सको १८.८२ प्रतिशत, सानिमा जिआइसीको ११.४० प्रतिशत, ओरियन्टलको ७.८० प्रतिशत, नेपाल इन्स्यारेन्सको ६.४१ प्रतिशत, नेको इन्स्योरेन्सको ४.३४ प्रतिशत, शिखर इन्स्योरेन्सको ३.१८ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.३४ प्रतिशतले कुल बीमा शुल्क आर्जन बढेको हो ।

२ कम्पनीको कुल बीमा शुल्क घट्यो

चालु आर्थिक वर्षको ६ महिनाको अवधिसम्ममा २ निर्जिवन बीमा कम्पनीको बीमा व्यवसाय घटेको छ । यस अवधिसम्ममा राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा बढी बीमा शुल्क संकलन घटेको छ । पुष समान्तसम्मको अवधिमा कम्पनीको बीमा शुल्क ४५.०८ प्रतिशतले घटेको छ ।

त्यस्तै, नेशनल लाइफको कुल बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ३८.२६ प्रतिशतले घटेको कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षकोे दोस्रो त्रैमासको रिपोेर्टमा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*