जीवन बीमा कम्पनीको खुद मुनाफा २०.५२ प्रतिशतले बढ्यो, कस्तो छ प्रतिस्पर्धी ?(सूचीसहित)

२ फाल्गुन २०८०, बुधबार १२:१८

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा संचालकमा रहेका जीवन बीमा कम्पनीहरुको खुद मुनाफा २०.५२ प्रतिशतले बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पुष मसान्तसम्मको वित्तिय विवरणमा यस्तो देखिएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ८ करोड ४१ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जुन गत आर्थिक वर्षको तुलनामा २०.५२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २ अर्ब ५५ करोड ९० लाख रुपैयाँ आर्जन गरेका थिए ।

जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार दुई वटा कम्पनीहरुको खुद नाफामा गिरावट आएको छ । चालु आवको पुष मसान्तमा हिमालयन लाइफ र सन नेपाल लाइफको नाफा घटेको हो । हिमालयनको नाफा ८.२४ प्रतिशतले घटेर सर्वाधिक मुनाफा हुने जीवन बीमा कम्पनीको दोस्रो नम्बरमा रहेको छ । सन नेपालको समेत नाफा ७.२२ प्रतिशतले घटेपनि सर्वाधिक नाफा हुने तेस्रो नम्बरको कम्पनीमा पर्ने सफल भएको छ ।

नाफा सर्वाधिक बढाउने सानिमा रिलायन्स र आइएमई लाइफ रहेका छन् । दुबैं कम्पनीको क्रमशः ९६.४८ र ९६.१४ प्रतिशतले बढेको हो ।

सर्वाधिक नाफा हुने कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीको नाफा १२.९० प्रतिशतले बढेर ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३७ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, नेशनल लाइफको मुनाफा १६.९१ प्रतिशतले बढेर २५ करोड ५१ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ६२.९३ प्रतिशतले बढेर २३ करोड ६६ लाख रुपैयाँ, आइएमई लाइफको ९६.१४ प्रतिशतले बढेर २३ करोड ४७ लाख रुपैयाँ, रिलायबल नेपालको ४.९७ प्रतिशतले बढेर २३ करोड रुपैयाँ, सानिमा रिलायन्सको ९६.४८ प्रतिशतले बढेर २१ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, मेट लाइफको नाफा ३३.५३ प्रतिशतले बढेर १९ करोड ३८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ३६.१० प्रतिशतले बढेर १७ करोड ६४ लाख रुपैयाँ, एशियन लाइफको ११.४५ प्रतिशतले बढेर १५ करोड रुपैयाँ, एनआइसी नेपालको ५९.७९ प्रतिशतले बढेर १३ करोड, सिटिजन लाइफको २.७३ प्रतिशतले बढेर १२ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमाको ४४.१५ प्रतिशतले बढेर १ करोड ४२ लाख रुपैयाँ मुनाफा रहेको छ ।

नोटः हामीले प्रस्तुत मुनाफा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणमा आधारित भएर तयार पारेका हौं । मर्जरमा गएका कम्पनीहरुको गत वर्षको मुनाफा फरक पर्ने हुँदा बास्तविक तथ्याङ्ग प्रतिनिधित्व नगर्ने सक्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*