१२ जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढ्दा दुईको घट्यो, कुनको कति ? (तथ्यांकसहित)

२ फाल्गुन २०८०, बुधबार १३:५८

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७५ अर्ब ७६ करोड ६२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी जीवन बीमा कम्पनीहरुको यस्तो रकम ६७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ११.९२ प्रतिशतले बढेको देखिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले समिक्षा अवधिमा २० अर्ब ६ लाख बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी समीक्षा अवधिमा नेशनल लाइफले ८ अर्ब ५६ करोड, हिमालयन लाइफले ८ अर्ब ९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीको ६ अर्ब ४१ करोड, सूर्यज्योति लाइफले ४ अर्ब २८ करोड तथा एशियन लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

स्रोतः कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको रिपोर्ट

त्यस्तै, सानिमा रिलायन्स लाइफले २ अर्ब ७८ करोड, सिटिजन लाइफले २ अर्ब ७३ करोड, मेट लाइफले २ अर्ब ६८ करोड, आईएमई लाइफले २ अर्ब १० करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ३ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ९३ करोड र सन नेपाल लाइफले सर्वाधिक कम १ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

गत वर्षको तुलनामा चालु आवको वृद्धिदर हेर्ने हो भने सानिमा रिलायन्स लाइफ अघि रहेको देखिन्छ । यस कम्पनीको कुल बीमाशुल्क आर्जन १३६।०७ प्रतिशतले बढेको छ । दोस्रोमा प्रभु महालक्ष्मीको ९६।५७ र तेस्रोमा सूर्यज्योति लाइफको ५९।७३ प्रतिशतले बढेको छ ।

त्यसैगरी, आईएमई लाइफको १२।३३, नेशनल लाइफको ११।४६, एशियन लाइफको ९।५७ प्रतिशतले बढेको छ । हिमालयनको ८।५१, रिलायबल नेपालको ८।१७, नेपाल लाइफको ७।३७, मेट लाइफको ७।३४, राष्ट्रिय जीवन बीमा कम्पनीको ४.३९ र सिटिजन लाइफको सर्वाधिक कम २।७० प्रतिशतले बढेको छ ।

दुई कम्पनीहरुको भने कुल बीमाशुल्क आर्जन घटेको देखिएको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पारेशनको ०।७६ र सन नेपाल लाइफको ९।४३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*