‘भ्यालेन्टाइन डे’ मा बीमा पोलिसी उपहार

२ फाल्गुन २०८०, बुधबार १६:०७

काठमाडौं । प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नौलो कुरा होइन । तर, बद्लिदो समयसँगै भ्यालेन्टाइन डे (प्रेम दिवस) मा प्रेमीलाई मात्र उपहार दिने परिपाटीमा सिमित नरहेर बालबच्चालाई उपहार दिनु पक्कै पनि नयाँ अभ्यास हो । यसैको नयाँ उदाहरण बनेका छन् पाल्पाका एक दम्पती !

पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ११ बन्दिपोखरा बस्ने गङ्गा कार्की रानाभाट दम्पतीले प्रणय दिवसको अवसरमा आफ्नो छोरा अनमोल रानाभाटलाई ५ लाख बीमाङ्कको बालभविष्य जीवन बीमाको पोलिसी उपहारस्वरुप दिएका छन् ।

प्रेम दिवसमा उपहार आदान–प्रदानले सम्बन्धमा अझ बढी सुमधुरता बढ्ने भएकाले छोराको नाममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी बाल भविष्य बीमा योजना उपहारस्वरुप दिइएको राणाभाट दम्पतीले बताए ।

१४ फेब्रुअरीलाई विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रूपमा मनाइन्छ। यो दिवसमा प्रेम गर्ने जोडीले एकअर्कालाई विभिन्न उपहार दिने गर्छन्। कतिपयले पहिलो प्रेम–प्रस्ताव पनि यही अवसरमा गर्छन् । प्रेम प्रस्ताव गर्दा पनि उपहार नै दिने गरिन्छ।

भ्यालेन्टाइन डेमा एक अर्काको सम्बधलाई प्रगाढ बनाउन हरेक मायालु जोडीहरू एकअर्कासँग उपहार साटासाट गर्नेको चहलपहल बढी नै हुन्छ । जहाँ हुने प्रेम, सद्भाव सटासाटले सम्बन्धमा फरक महत्व राख्छ, जीवन डोर्होयाउँछ । प्रेमले मान्छेलाई बाँच्नका लागि नयाँ ऊर्जा दिन्छ । त्यसैले, विवाहित जोडी खुलेयाम यस दिन एकअर्कामा प्रेम व्यक्त गरी मनाउँछन् । अविवाहितले पनि प्रणय दिवस प्रेसहितको मायाको चिनो आदानप्रदान गरेर मनाउने गरेका छन् ।

प्रेम दिवसमा आफूहरुले सबैभन्दा धेरै मायाँ गर्ने आफ्नो छोराको भोलिको सुनौलो भविस्यको लागि रानाभाट दम्पतीले बीमा पोलिसी उपहार खरिद गरेको पाल्पा शाखाका शाखा प्रबन्धक विजय कार्कीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*