यो साता हिमालयन रि र नेपाल रिको शेयर कारोबार कस्तो रह्यो?

५ फाल्गुन २०८०, शनिबार ०७:५८

काठमाडौं । बिहीबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से ओरालो लागेसँगै दुबै पुनर्बीमा कम्पनीहरुको शेयरमूल्य राताम्य भएको हो ।

यस साताको शेयर कारोबार हेर्दा नेपाल रिको अधिकांश दिनमा शेयरमूल्य घटेको छ । हिमालयन रिको भने सम्पूर्ण साता भरिनै शेयरमूल्य घटेको देखिन्छ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनी
बिहीबार सर्वाधिक कारोबार भएको हिमालयन रिको शेयरमूल्य घटेको छ । त्यस दिन मात्र कम्पनीको २२ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

गत माघ २८ गते आइतबार हिमालयन रिको शेयर कारोबार ७०२.७० रुपैयाँमा खुलेको थियो । तीव्र उतारचढावका बावजुद त्यस दिन कम्पनीको शेयरमूल्य घटेर ६९४.९० रुपैयाँमा कायम भएको थियो । अर्काे दिन सोमबार ७०३ रुपैयाँमा खुलेको शेयर कारोबार घटेर ६९२.१० रुपैयाँमा कायम भएको थियो ।

त्यसैगरी मंगलबार ६९२.१० रुपैयाँमा खुलेको कम्पनीको शेयर कारोबार पुनः घटेर ६७२ रुपैयाँमा पुगेको थियो । बुधबार ६८० रुपैयाँमा खुलेको कम्पनीको शेयर कारोबार घटेर ६६८.१० रुपैयाँमा कायम भएको थियो । यता, कारोबारको अन्तिम दिन बिहीबार ६७० रुपैयाँमा खुलेको कम्पनीको शेयर तीन बज्दासम्म घटेर ६५५.७० रुपैयाँमा कायम हुँदा नेप्से बन्द भएको छ ।

नेपाल रिइन्स्योरेन्स कम्पनी
बिहीबार मात्र नेपाल रिको तीन करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । गत आइतबार यस कम्पनीको शेयर भाउ ८०० रुपैयाँमा खुलेको थियो । सो दिन कम्पनीको शेयरमुल्य घटेर ७९५ रुपैयाँमा कायम भएको थियो ।

सोको भोलिपल्ट ७९५ रुपैयाँमा खुलेको शेयर कारोबार बढेर ७९६ रुपैयाँमा कायम रहन गयो । अर्काेदिन मंगलबार ७८२.१० रुपैयाँमा खुलेको शेयर कारोबार घटेर ७७६ रुपैयाँमा कायम रह्यो ।

बुधबार ७९० रुपैयाँमा खुलेको शेयर कारोबार तीव्र उताचढावपछि खुलेकै मुल्यमा कायम रहेको थियो । साता कारोबारको अन्तिम दिन बिहीबार ७७५.२० रुपैयाँमा खुलेको शेयर कारोबार घटेर ७७२.३० रुपैयाँमा कायम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*