एक महिनामा नेपाल पुनर्बीमा कम्पनीका ६ जना संस्थापक ७० लाख कित्ता सेयर बेचेर बाहिरिए

४ फाल्गुन २०८०, शुक्रबार १५:२९

काठमाडौँ । पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिने संस्थापक सेयरधनीहरुको वृद्धि भइरहेको छ । एक महिनामा ६ संस्थापक सेयरधनीहरुले ७० लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले न्यूनतम २८० रुपैयाँमा २० लाख कित्ता, ग्लोबल आइएमई क्यापिटलले १ लाख ८७ हजार ४३४ कित्ता, ह्याथवे इन्भेष्टमेन्ट नेपाल ६ लाख ५० हजार कित्ता, आइएमई लिमिटेडले ७ लाख ५० हजार कित्ता, हिमालयन एभरेष्ट २० लाख कित्ता र विशाल ग्रुपले १५ लाख कित्ता सेयर बिक्रीका लागि आवेदन दिएको हो ।

विशाल ग्रुपले न्यूनतम मूल्य ३२५ रुपैयाँ र अन्य संस्थापकहरुले २८० रुपैयाँमा बिक्रीमा ल्याएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*