एनआईसी एशिया बैंकको वित्तीय अवस्था स्वस्थ छः राष्ट्र बैंक

४ फाल्गुन २०८०, शुक्रबार १७:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकको वित्तीय अवस्था अहिलेसम्म स्वस्थ रहेको जानकारी दिएका छन् । बैंकको अवस्था सामाजिक संजाल सरी भा्रमक नरहेको जानकारी दिएको छ।

कुल ३ खर्ब २ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको एनआईसी एशिया बैंकले ३० अर्ब ६८ करोड ९३ लाख ( १०.१४ प्रतिशत) मात्रै हो । जबकि राष्ट्र बैंकले नियम अनुसार निर्देशित क्षेत्रमा २५ प्रतिशतसम्म कर्जा दिन पाइन्छ । अझ राष्ट्र बैंक तयार पारेको एनआईसी एशिया बैंकको वित्तीय अवस्थामा त २ करोडसम्मको व्यक्तिगत घर निर्माण कर्जाको हिस्सा नै २७ अर्ब ७५ करोड ३५ लाख रुपैयाँ (९.१७ प्रतिशत) रहेको छ । आम नागरिकको चासो बैंकको यो प्यारामिटरमा हो ।

तर, पनि एनआईसीले राष्ट्र बैंकको निमय भित्रै बसेर बैकिङ सेवा प्रदान गरिरहेको छ । एनआईशीले रियल क्षेत्रमा गरेको कर्जा कुल १०.१४ प्रतिशत कर्जामा कमर्शियल कम्पेक्स तथा बसोबास गर्ने अपाटमेन्टमा ०.२६ प्रतिशत कर्जा प्रवाह गरेको छ भने जग्गा तथा आयआर्जन गर्ने व्यवसायिक कम्पेक्स निर्माण गर्न ०.१७ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

अन्य रियल स्टेटमा ०.५३ प्रतिशत, जग्गा खरिद तथा प्लटिङमा ०.०२ प्रतिशत कर्जा प्रवाह गरेको छ । यदि बैंकमा समस्या आयो भने राष्ट्र बैंकले आम नागरिकको बचत डुब्न दिँदैन। तुरुन्तै ‘टेकओभर गरिहाल्छ’,सहप्रवक्ता पोखरेलले भने ‘राष्ट्र बैंकको हेराइ वा अध्ययनमा अहिलेसम्म बैंकमा कुनै समस्या छैन ।’

बैंकको एनपीएल १.१९ प्रतिशतमात्रै छ । यो भनेको बैंकको कुल कर्जाको जम्मा ३ अर्ब ६० करोड १६ लाख रुपैयाँमा मात्रै निस्क्रिय कर्जा हो । चालु आवको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ३.८१ प्रतिशत छ । यसरी समग्र बैकिङ क्षेत्रको निस्क्रिय कर्जाको अनुपातलाई हेर्दा एनआईसी एशिया बैंकको अनुपात निकै कम छ ।

बैंकको अवस्था मापन गर्ने अर्को महत्वपूर्ण वित्तीय प्यारामिटर भनेको क्यापिटल एडुकेशी रेसियो हो । बैंकको यो प्यारामिटर पनि राम्रो नै छ । बैंकको ११.७३ प्रतिशत क्यापिटल एडुकेशी रेसियो रहेको छ । बैंकको यो इन्डिकेटरले पनि बैंकमा कुनै रिक्स नभएको देखाउँछ भने बैंकको कोर क्यापिटल पनि ८.५ प्रतिशत भए पुग्नेमा ८.६४ प्रतिशत रहेको छ ।

१४ अर्ब ९१ करोड ८० लाख रुपैयाँ सेयर पुँजी रहेको बैंकको क्यापिटल फन्ड ३४ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने बैंकमा कुल ३ खर्ब ८१ अर्ब ३९ करोड रुपैयाँ आम लागनीकर्ताको निक्षेप रहेको छ । बैंकले रिक्स वटेज एक्पोजरमा मात्रै २ खर्ब ८० अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ । बैंकसँग पुसमसान्तसम्म खुद तरलता २७.२८ प्रतिशत रहेको छ ।राष्ट्र बैंकद्वारा निर्देशित प्राथमिकता प्राप्त क्षेत्रमा २८.५६ प्रतिशत कर्जा प्रवाह गरेको बैंकले डेरिभेटिभ सेक्टरमा ५.०९ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

बैंकको स्पेडदर ३.९९ प्रतिशत रहेको छ भने एसएलआर २६.६० प्रतिशत र सीडी रेसियो ७६.८६ प्रतिशत रहेको छ ।चालु आवको दोस्रो त्रैमासम्म १ अर्ब ९० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको बेसरेट झरेर ९.६८ प्रतिशतमा सीमित भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*