दुई कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका

६ फाल्गुन २०८०, आईतवार ०७:०७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज (फागुन ६ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनार्थ एशियन लाइफले फागुन ८ र हिमालयल रिले फागुन ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । भोली (फागुन ७ गते) प्रजातन्त्र दिवसको विदा पर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

एशियन लाइफले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७.७५ प्रतिशत बोनस शेयर र ०.४० प्रतिशत नगद (कर प्रयाजनार्थ) लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । प्रस्तावित लाभांश पारित गर्न कमपनीले फागुन १८ गते होटल क्लासिक सिमरा, बारामा बिहान ११ः ३० बजेदेखि सुरु गर्ने गरी वार्षिक साधारण सभा डाकेको छ ।

त्यस्तै, हिमालयन रिले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद (कर प्रयोजनार्थ) लाभांश वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न कम्पनीले फागुन २० गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजेदेखि बस्ने गरी वार्षिक साधारण सभा डाकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*