पुसमा साधारणसभा गर्न नसकेका १६ कम्पनीले फागुणमा गर्ने, ११ ले बनायो लगानीकर्ताको हात खाली

७ फाल्गुन २०८०, सोमबार १४:४६

काठमाडौं । सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभा बोलाउने क्रम जारी छ । पुस मसान्तसम्म सक्नुपर्ने साधारणसभा समयमा नै नगर्ने कम्पनीहरुले अझै पनि सभा बोलाइ रहेका छन् ।

फागुनमा १६ वटा कम्पनीले सभा बोलाएका छन् । १६ कम्पनीले सभा बोलाएकोमा ११ वटा कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् । बाँकी ५ वटाले भने सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेका छन् ।
सेयरधनीको हात खाली बनाएको नेरुडे लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ २४ गते बुक क्लोज गरेको छ । माघ २३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सेयरधनीको हात खाली बनाएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ११ गते नै सभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ २९ गते बुक क्लोज गरेको छ । माघ २८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन १४ गतेका लागि सभा बोलाएको छ ।

सेयरधनीको हात खाली बनाएको संस्थाले फागुन ४ गते बुक क्लोज गरेको छ । फागुन ३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

सेयरधनीलाई लाभांश दिने प्रस्ताव सहित युनाइटेड इदी मर्दी एण्ड आर।बि। हाइड्रोपावरले फागुन १७ गतेका लागि सभा बोलाएको छ । कम्पनीले सभा प्रयोजनका लागि फागुन ४ गते बुक क्लोज गरेको छ । फागुन ३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको ५।५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२८९ प्रतिशत नगद लाभांश पाउनेछन् ।

सेयरधनीको हात खाली बनाएको मल्टीपर्पस फाइनान्स कम्पनीले फागुन १८ गते सभा बोलाएको छ । कम्पनीले सभा प्रयोजनका लागि फागुन ६ गते बुक क्लोज गरेको छ । फागुन ५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

सेयरधनीलाई लाभांश सहित हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको। एशियन लाइफ इन्स्योरेन्सले फागुन १८ गतेका लागि सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट ७।७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै बोनस सेयर दिएपछि कायम हुने चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद सेयर समेत निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले फागुन ८ गते बुक क्लोज गरेको छ । फागुन ७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

सेयरधनीको हात खाली बनाएको सबैको लघुवित्त वित्तीय संस्थाले फागुन १९ गतेका लागि सभा बोलाएको छ । फागुन ४ गते बुक क्लोज गरेको छ । फागुन ३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

साधना लघुवित्त वित्तीय संस्थाले फागुन फागुन १९ गतेका लागि सभा बोलाएको छ ।

सेयरधनीको हात खाली बनाएको कम्पनीले फागुन ४ गतेका लागि बुक क्लोज गरेको छ । ३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

सेयरधनीको हात खाली बनाएका आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले फागुन २० गतेका लागि सभा बोलाएका छन् । आईजीआईले फागुन १० देखि २० गतेसम्म बुक क्लोज गरेको छ । फागुन ९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

यस्तै स्वाभिमानले फागुन ११ गतेका लागि सभा बोलाएको छ । फागुन १० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

सेयरधनीलाई ४।२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हिमालयन रिइन्स्योरेन्सले फागुन २० गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि फागुन ७ गते बुक क्लोज गरेको छ । ६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कालिका लघुवित्त वित्तीय संस्थाले फागुन २४ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि फागुन १४ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन १३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् । कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन २६ गतेका लागि सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ७।०३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त लाभांश पाउन फागुन १२ गतेसम्म सेयरधनी बन्नुपर्ने छ । कम्पनीले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने भएको छ ।

महिला लघुवित्त वित्तीय संस्थाले फागुन २७ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज गर्ने भएको छ । फागुन १४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा माग लिन पाउनेछन् । कम्पनीले सेयरधनीलाई लाभांश भने नदिने भएको छ ।

विन नेपाल लघुवत्तिले पनि सेयरधनीको हात खाली बनाएको छ । सेयरधनीको हात खाली बनाएको कम्पनीले फागुन २९ गते सभा बोलाएको छ । सभा प्रयोजनका लागि फागुन ४ गते बुक क्लोज गरेको छ । फागुन ३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सले फागुन ३० गतेका लागि सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि फागुन ११ गते बुक क्लोज गर्ने भएको छ । फागुन १० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*