नेपाल पुनर्बीमा कम्पनीको झण्डै ३६ लाख कित्ता शेयर बिक्रीमा

८ फाल्गुन २०८०, मंगलवार ०८:२२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लिमिटेडले विभिन्न कम्पनीहरुको स्वामित्वमा रहेको ३५ लाख ८७ हजार ४३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएको छ ।

यसमा आइजीआई प्रुडेन्सियलको २० लाख कित्ता, ग्लोबल आईएमई क्यापिटलको १ लाख ८७ हजार ४३४ कित्ता, आईएमई लिमिटेडको ७ लाख ५० हजार कित्ता र हाथवे इन्भेष्टमेन्टको ६ लाख ५० हजार कित्ता शेयर रहेको छ ।

आजदेखि बिक्रीमा राखिएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य २८० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । आवेदकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ।

इच्छुक बिद्यमान संस्थापक शेयरधनीहरुले चैत्र १२ गतेसम्म कार्यालय समयभित्र ग्लोबल आईएमई क्यापिटलको कार्यलयमा गई खरिद आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*