गोमादेवी ओलीको निधनमा पेशागत बीमा अभिकर्ता संघको शोक सभा

८ फाल्गुन २०८०, मंगलवार ०९:३१

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले झापाकी गोमादेवी ओलीको निधनमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेशनल लाइफ इन्स्योरेन्सकी वरिष्ठ उपाध्यक्ष दीपा शर्मा ओलीकी माता गोमादेवी ओलीको निधनमा संघका पदाधिकारीहरु झापा पुगेर शोक सभा आयोजना गरेका हुन् ।

वि.स २०११ साल माघ २६ गते जन्मिएकी गोमादेवी ओलीको गत फागुन ४ गते निधन भएको थियो । ओलीको निधनप्रति स्तब्ध हुँदै बीमक संघले फागुन ७ गते शोक सभाको आयोजना गरी स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै परिवार तथा सिङ्गो समाजमा पर्न गएको शोकप्रति समवेदना प्रकट गरेको हो ।

उक्त शोक सभामा संघका उपाध्यक्ष दीपक अर्याल, बीमक समितिका सचिव शंकर लामिछानेसहित यतिराज अधिकारी, बन्धु निरौला, नबिन लामिछाने तथा निर्मला अधिकारी पहाडीलगायतका पदाधिकारीले शोक मन्तव्य व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*