गार्डियन माइक्रो लाइफको साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

८ फाल्गुन २०८०, मंगलवार ०९:४६

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन ६ गते आइतबार संचालक समितिका अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा होटेल एअरर्पोट, बिराटनगरमा सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्ष २०७९।८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा–नोक्सान लगायतका वित्तीय विवरण अनुमोदन गरेको छ ।

त्यस्तै, आगामी चार वर्षे कार्यकालको लागि संस्थापक शेयधनीहरुको तर्फबाट उदिप श्रेष्ठ, डा.जय प्रकाश जैसवाल, उदय नारायण भट्टराई, सि.ए. त्रिशिला झुनझुनवाला र स्वतन्त्र बिज्ञ संचालकमा प्रमोद प्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।

त्यसैगरी, कम्पनीको सभाले सर्वसाधारणमा शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्त्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*