देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला भइरहेको छः एमाले अध्यक्ष ओली

८ फाल्गुन २०८०, मंगलवार १५:३६

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला भइरहेको बताएा छन् । पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय समितिको बैठकमा ओलीले यस्तो बताएका हुन् ।

नेपालका बैंकहरुलाई धराशयी बनाउनको लागि नियोजित रुपमा हमला गरिएको टिप्पणी गरेका छन् । उनले अर्थतन्त्रलाई धरायासीमा पार्न केही व्यक्तिहरूले अभियान चालिरहेको भन्दै दुर्गा प्रसाईंविरुद्ध खनिए । उनले भने,‘नियोजित तरिकाले हमला गरी बैंकहरूलाई डुबाउन खोजिएको छ । तर, सरकार चुप लागेर बसेको छ ।’

मानिसहरूको निक्षेप पनि डुबोस्, बैंकहरू पनि डुबुन् र सबै आयोजनाहरू बैंक डुब्ने बित्तिकै कोल्याप्स होस् भन्ने। त्यस प्रकारका प्रयासहरू भएका छन् ।’ ओलीले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*