सामूहिक लगानीकोषको स्वामित्वमा रहेको माण्डु हाइड्रोपावरको लकइन अवधि कहिले सकिन्छ ?

८ फाल्गुन २०८०, मंगलवार १७:२८

काठमाडौँ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको माण्डु हाइड्रोपावर लिमिटेडको सेयरको लकइन फागुन २३ गतेपछि समाप्त हुने भएको छ ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको सेयरमध्ये २२ हजार ९३५ कित्ता शेयर लकइनमा राखिएको थियो । नेपाल धितोपत्र बोर्डले गत मङ्सिर २५ गते सामूहिक लगानीकोषको स्वामित्वमा रहेको आरक्षित शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले ६ महीनासम्म विक्री गर्न नसकिने व्यवस्था गरेको थियो । सोही व्यवस्थाबमोजिम कम्पनीको सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर लकइनमा थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*