हिमालयन रि को क्यापिटल प्लान पेश, नेपाल पुनर्बीमा कम्पनीलाई १५ दिनको समय थप

८ फाल्गुन २०८०, मंगलवार १८:३८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीलाई माग गरेको पुँजी योजनामा नेपाल पुनर्बीमा कम्पनीले समय थप माग गरेको छ।प्राधिकरणको समय अनुसार हिमालयन रिईन्स्योरेन्सले पुँजी वृद्धि योजना नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ।

बीमा प्राधिकरणले माघ १७ गते दुई वटै पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब कायम गर्ने निर्णय गरि २० अर्ब पुँजी पुर्याउनको लागि पुँजी वृद्धि योजना पेश गर्न निर्देशन दिएको थियो ।
सोहि अनुसार हिमालयन रिइन्स्योरेन्सले चुक्ता पुँजी वृद्धि पुर्याउने योजना पेश गरेको र नेपाल पुनर्बीमा कम्पनीले थप १५ दिनको समय माग गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई जानकारी दिएका छन् ।

हिमालयन रि ले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट ४ प्रतिशत बोनस जारी गर्ने, ८० प्रतिशत हकप्रद जारी गर्ने र बाँकी अपुग पुँजी आगामी वर्षको नाफाबाट बोनश शेयर वितरण गरेर पुर्याउने योजना प्राधिकरणमा पेश गरेको पौडेलले बताएका छन् ।

हाल हिमालयन रिइन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रहेको छ । हाल घोषणा गरिएको ४ प्रतिशत बोनस शेयर, र ८० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब ७२ करोड पुग्छ । बाँकि रहेको १ अर्ब २८ करोड कम्पनीले २०८०÷०८१ को मुनाफाबाट बोनस शेयर दिएर पुँजी पुर्याउने कम्पनीले उल्लेख गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले भने निर्णय लिन थप समय लाग्ने भन्दै १५ दिन समय मागेको छ ।

हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड छ। कम्पनीलाई २० अर्ब पुँजी पुर्याउन थप ७ अर्ब १९ करोड पुँजी आवश्यक पर्छ। कम्पनीले आर्थिक वर्ष ७९÷८० को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकि छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*