लक्ष्मी लघुवित्तमा रोजगारको अवसर

९ फाल्गुन २०८०, बुधबार ०७:१०

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट कनिष्ठ सहायक पदमा केही संख्यामा दरखास्त माग गरेको हो ।

यसका लागि प्रविणता प्रमाणपत्र तह तथा प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्तको फिल्ड स्तरको काममा कम्तीमा दुई वर्ष कार्य गरेको हुनुपर्नेछ । उमेरको हदमा भने १८ वर्ष पूरा भई ३० ननाघेको हुनपर्नेछ महिलाको हकमा भने ५ वर्ष थप हुनेछ ।

योग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजातसहित फागुन २७ गतेसम्म  कम्पनीको वेवसाइट https://laxmilaghu.com.np मार्फत आवेदन दिनुपर्नेछ ।

4 thoughts on “लक्ष्मी लघुवित्तमा रोजगारको अवसर

  1. Roshan Kumar sah says:

    I am interested for the job

  2. sameer bist says:

    I am interest

  3. Laxmi kumara oli k.c says:

    I am interested for the job

  4. Keshav Regmi says:

    I am interested for this job

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*