५ वर्ष पुरानो नगद लाभांश लैजान सिटिजन्स बैंकको आग्रह

९ फाल्गुन २०८०, बुधबार ०७:५२

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश लैजान आग्रह गरेको छ । केही शेयरधनीले आर्थिक वर्ष २०७४।०७५ को नगद लाभांश नलगेपछि बैंकले एक सूचना जारी गर्दै लाभांश लैजान आग्रह गरेको हो।

लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ अनुसार ५ वर्षसम्म पनि शेयरधनीले लाभांश नलगेमा सो लाभांश कोषमा जम्मा हुने व्यवस्था रहेको छ ।

बैंकले शेयरधनीलाई आवश्यक कागजात लिई ३५ दिनभित्र सिटिजन्स क्यापिटल लिमिटेडमा गएमा लाभांश दाबी गर्न सक्ने बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*