७ महिनामा १४ जीवन बीमाको कूल व्यवसाय पौने खर्बमाथि, नेपाल लाइफ सबैभन्दा अगाडि, कुनको कति ?

१० फाल्गुन २०८०, बिहीबार १७:२१

काठमाडौं । चालु आवको माघ महिनासम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले पौने खर्बभन्दा बढि अर्थात ८६ अर्ब ८८ करोड रुपैयाँ कूल बीमा व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राकिरणले प्रकाशित गरेको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले कूल एक करोड ३७ लाख ७३ हजार ३१५ वटा बीमा शुल्क जारी गरी ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

सात महिनाको अवधीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेर सबैभन्दा अगाडि देखिएको छ । सात महिनाको अवधीमा नेपाल लाइफले २३ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ । दोस्रोमा एलआइसी नेपालले १० अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दा तेस्रो स्थानमा नेशनल लाइफ कम्पनीले १० अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

चौथो स्थानमा रहँदै हिमालयन लाइफले ९ अर्ब ९१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा सूर्यज्योति लाइफले पाँच अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

पाँच अर्बभन्दा कम बीमा शुल्क संकलन गर्ने कम्पनीहरुमा राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँ, एशियन लाइफले चार अर्ब ४३ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले तीन अर्ब ३८ करोड रुपैयाँ, सिटिजन लाइफले तीन अर्ब २६ करोड रुपैयाँ, मेट लाइफले तीन अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, आइएमई लाइफले दुई अर्ब ५० करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले दुई अर्ब ३८ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३० करोड रुपैयाँ, सन नेपाल लाइफले २ अर्ब १२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*