माघ महिनामा जीवन बीमा कम्पनीको ब्यवसाय ७ प्रतिशतले बढ्यो, कस्को अवस्था कस्तो ?

१० फाल्गुन २०८०, बिहीबार १७:५२

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले माघ महिनामा मात्र १२ अर्ब ६६ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा ७.८४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको माघ महिनामा भने कम्पनीले ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ कुल बीमा ब्यावसाय गरेको हो ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको बीमा कम्पनीहरुको तथ्याङ्कमा माघ महिनामा नेपाल लाइफ इन्स्योरेन्सको ब्यवसाय सबै भन्दा उत्कृष्ट देखिएको छ भने हिमालयन लाइफ र एलआइसी नेपाल र नेशनल लाइफ क्रमशः दोस्रो, तेस्रो र चौथो रहेका छन् ।

माघ मात्र नेपाल लाइफले ३ अर्ब १८ करोड४२ लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ८१ करोड रुपैयाँ, एलआइसी नेपालले १ अर्ब ५२ करोड, नेशलन लाइफले १ अर्ब ४८ करोड, सूर्यज्योति लाइफले ७४ करोड ८६ लाख रुपैयाँ, एशियन लाइफले ७० करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्सले ५२ करोड ७३ लाख रुपैयाँ, सिटिजन लाइफले ५२ करोड ७३ लाख रुपैयाँ बीमा ब्यवसाय गरेको हो ।

त्यस्तै, मेट लाइफले ४५ करोड ६१ लाख रुपैयाँ, आइएमई लाइफले ३९ करोड ३३ लाख रुपैयाँ, रिलायबल नेपालले ३७ करोड ७३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३४ करोड ६९ लाख रुपैयाँ,सन नेपाल लाइफले ३४ करोड १२ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले २२ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

वृद्धिदरका आधारमा

वृद्धिदरका आधारमा रिलायबल नेपाल लाइफ सबै भन्दा अगाडि रहेको छ । कम्पनीले माघ मात्र २६.०९ प्रतिशतले बीमा ब्यवसाय वृद्धि गरेको हो ।

त्यस्तै, हिमालयन लाइफको २१.५६ प्रतिशत, नेशनल लाइफको १४.५९ प्रतिशत, मेट लाइफको १३.८४ प्रतिशत, सिटिजन लाइफको ११.१२ प्रतिशत, एशियन लाइफको ९.४९ प्रतिशत, आइएमई लाइफको ७.१६ प्रतिशत, नेपाल लाइफको ५.६८ प्रतिशत, सूर्यज्योति लाइफको ५.३६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.१५ प्रतिशत, सानिमा रिलायन्सको १.६९ प्रतिशत र एलआइसी नेपालको १.५९ प्रतिशतले बीमा ब्यवसाय वृद्धि भएको हो ।

२ कम्पनीको घट्यो

माघ महिना दुई कम्पनीको बीमा ब्यवसाय घटेको छ । गत वर्षको माघको तुलनामा यस वर्ष माघमा राष्ट्रिय जीवन बीमा कम्पनीको ३३.७७ प्रतिशत र सन नेपाल लाइफको १.८३ प्रतिशतले बीमा शुल्क आर्जन घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*