तीन लघुजीवन बीमा कम्पनीको व्यवसाय चार करोड माथि, कुनको कति ?

१० फाल्गुन २०८०, बिहीबार १८:१८

काठमाडौं । माघ महिनासम्ममा लघु जीवन बीमा कम्पनीहरुले चार करोड २२ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका तीन लघुबीमा कम्पनीहरुले यस अवधिसम्ममा उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

माघमा मात्रै भने तीन लघु जीवन बीमा कम्पनीले ६ हजार ७८३ वटा बीमालेख जारी गरेर १ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

माघसम्म सबैभन्दा बढी क्रेष्ट माइक्रो लाइफले २ करोड ५८ लाख ७० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।दोस्रोमा गार्डियन माइक्रो लाइफले १ करोड १५ लाख २३ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा लिबर्टी माइक्रो लाइफले ४८ लाख ७२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*