जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन साढे ७० अर्ब माथि, कुन कम्पनीले कति भित्र्याए ?

१० फाल्गुन २०८०, बिहीबार १८:२९

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको माघ महिनासम्मको तथ्याङ्क अनुसार यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षको ७ महिनामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले नविकरण मार्फत बीमा शुल्क आर्जन गरेको छ । माघ महिनासम्ममा कम्पनीले १९ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ नविकरणमार्फत बीमा शुल्क संकलन गरेको छ ।

नविकरण बीमा शुल्क आर्जनको आधारमा लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपाल दोस्रो स्थानमा रहेको छ । कम्पनीले माघ महिनासम्ममा ८ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफको नविकरण बीमा शुल्क मार्फत ८ अर्ब ७१ करोड रुपैयाँ, नेशनल लाइफले ७ अर्ब ६९ करोड र सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेको छ ।

माघ महिनासम्ममा सूर्यज्योति लाइफले ३ अर्ब ८७ करोड, एशियन लाइफले ३ अर्ब ५४ करोड, सानिमा रिलायन्सले २ अर्ब ५२ करोड, मेट लाइफले २ अर्ब ४२ करोड, सिटिजन लाइफले २ अर्ब ३० करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९२ करोड, आइएमई लाइफले १ अर्ब ७३ करोड, रिलायबल नेपालले १ अर्ब ५६ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३५ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*