सात महिनामा नविकरण जीवन बीमा शुल्क सामान्य वृद्धि

१० फाल्गुन २०८०, बिहीबार १९:०१

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क गत वर्षको तुलनामा ५.७३ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

गत वर्षको माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ६६ अर्ब ९३ करा्ड ४२ लाख रुपैयाँ नविकरणमार्फत बीमा शुल्क आर्जन गरेका थिए । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १३ बीमा कम्पनीको नविकरण बीमाशुल्क आर्जन बढेको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले नविकरण मार्फत बीमा शुल्क आर्जन गरेको छ । माघ महिनासम्ममा कम्पनीले १९ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ नविकरणमार्फत बीमा शुल्क संकलन गरेको छ ।

नविकरण बीमा शुल्क आर्जनको आधारमा लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपाल दोस्रो स्थानमा रहेको छ । कम्पनीले माघ महिनासम्ममा ८ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफको नविकरण बीमा शुल्क मार्फत ८ अर्ब ७१ करोड रुपैयाँ, नेशनल लाइफले ७ अर्ब ६९ करोड र सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेको छ ।

माघ महिनासम्ममा सूर्यज्योति लाइफले ३ अर्ब ८७ करोड, एशियन लाइफले ३ अर्ब ५४ करोड, सानिमा रिलायन्सले २ अर्ब ५२ करोड, मेट लाइफले २ अर्ब ४२ करोड, सिटिजन लाइफले २ अर्ब ३० करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९२ करोड, आइएमई लाइफले १ अर्ब ७३ करोड, रिलायबल नेपालले १ अर्ब ५६ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३५ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

वृद्धिदरको आधारमा

गत वर्षको माघ महिनाको तुलनामा यस अवधिसम्म सबैभन्दा बढी नविकरणमार्फत प्रिमियम संकलन वृद्धि गर्नेमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीले गत वर्षको तुलनामा यस अवधिसम्म २८.६५ प्रतिशतले नविकरण बीमा शुल्क आर्जन बढाएको छ ।

त्यस्तै, सर्वाधिक नविकरण बीमा शुल्क वृद्धि गर्ने दोस्रो नम्बरमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा नबिकरण बीमा शुल्क आर्जन २४.४१ प्रतिशतले वृद्धि गर्ने सफल भएको हो ।

साथै गत आर्थिक वर्षको सोही अवधिको तुलना हिमालयन लाइफले१५.८१ प्रतिशत, सूर्यज्योति लाइफले १४.५८ प्रतिशत, सन नेपाल लाइफले १३.२० प्रतिशत, सानिमा रिलायन्सले ११.०५ प्रतिशत, मेट लाइफले १०.०२ प्रतिशत, नेशनल लाइफले ९.९८ प्रतिशत, सिटिजन लाइफले ९.२६ प्रतिशत, एशियन लाइफले ८.३९ प्रतिशत, आइएमई लाइफले ७.९५ प्रतिशत, नेपाल लाइफले ४.९१ प्रतिशत र एलआइसी नेपालले ०.४० प्रतिशतले नविकरण बीमा शुल्क आर्जन बढाएको छ ।
यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन भने घटेको छ । गत वर्षको तुलनामा कम्पनीको नविकरण बीमा शुल्क २३.९५ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*