सात महिनामा ४ प्रतिशलते बढ्यो जीवन बीमा शुल्क, सरकारी कम्पनीको घट्यो, नेशनल–प्रभु–हिमालयन लाइफको उच्च बृद्धि

१० फाल्गुन २०८०, बिहीबार १९:१०

काठमाडौं । जीवन बीमा कम्पनीहरुले माघ महिनामा कूल बीमा व्यसवाय ४.१८ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका बीचमा पनि जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानीमा उच्च बृद्धि हुन सफल भएको आज सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार प्रभु महालक्ष्मी लाइफ, नेशनल लाइफ, हिमालयन लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफको बृद्धिदर दोहोरो अंकले बढेको देखिएको छ । गत आवको तुलनामा सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफको १२.४६ प्रतिशतले बृद्धि हुँदा नेशनल लाइफको ११.९१ प्रतिशतको बृद्धि हासिल गर्न सफल भएको छ । त्यस्तै, हिमालयन लाइफले १०.७९ प्रतिशतले व्यवसाय बृद्धि गर्दा रिलायबल नेपाल लाइफले १०.७४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

त्यस्तै, अन्य व्यवसाय बृद्धि गर्न सफल जीवन बीमा कम्पनीहरुमा आइएमई लाइफ ७.८२ प्रतिशत, मेट लाइफ ८.२५ प्रतिशत, नेपाल लाइफ ७.२१ प्रतिशतले व्यवसाय बृद्धि गर्न सफल भएका छन् । साथै सिटिजन लाइफले ४.०१ प्रतिशतको बृद्धिदर हासिल गर्दा सूर्यज्योति ३.४४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय २३.१५ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*