जीवन बीमा कम्पनीहरुमा नयाँ बीमा ब्यवसाय भित्र्याउन सकस, छको प्रथम बीमा शुल्क आर्जनमा गिरावट

११ फाल्गुन २०८०, शुक्रबार १३:१०

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन सामान्य वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार गत वर्षको माघको तुलनामा यस वर्ष माघमा प्रथम बीमाशुल्क आर्जन ०.६४ प्रतिशतले बढेको हो ।

माघ जीवन बीमा कम्पनीहरुले २ अर्ब २९ करोड ३८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो । गत वर्ष माघमा भने कम्पनीहरुले प्रथम बीमा शुल्क मार्फत २ अर्ब २७ करोड ९२ लाख रुपैयाँ आर्जन गरेका थिए । जीवन बीमा कम्पनीहरुलाई नयाँ ब्यवसाय भित्र्याउन निकै सकस परि रहेको छ । देशमा चलि रहेको आर्थिक मन्दीले कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा गिरावट देखिएको छ । गत वर्षको माघको तुलनामा यस वर्ष माघमा ६ कम्पनीको प्रथम बीमा शुल्क आर्जन घटेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा आएको मन्दीले समेत यसमा प्रत्यक्ष असर गरेको छ । अभिकर्ताहरुले भने निरन्तर ब्यवसाय वृद्धि गर्ने जोड दिइरहेका छन् ।

यस अवधिमा सबै भन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफले आफ्नो अग्रता कायम राखेको छ । कम्पनीले माघमा ५२ करोड ७६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो ।

माघमा सर्वाधिक बढी प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ, सूर्यज्योति लाइफ, सिटिजन लाइफ र एलआइसी नेपाल क्रमशः दोस्रो तेस्रो, चौथो र पाँचौ नम्बरमा छन् । नेशनलले ३६ करोड ५७ लाख, सूर्यज्योतिले १८ करोड ६९ लाख, सिटिजन लाइफले १५ करोड ९० लाख र एलआइसीले १५ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

साथै, माघ महिनामा हिमालयन लाइफले १४ करोड ८३ लाख, सानिमा रिलायन्सले १४ करोड ५२ लाख, मेट लाइफले ११ करोड ७१ लाख, एशियन लाइफले १० करोड ६७ लाख, सन नेपाल लाइफले १० करोड ३१ लाख, रिलायबल नेपालले १० करोड १७ लाख, आइएमई लाइफले ९ करोड ४९ लाख, प्रभु महालक्ष्मीले ५ करोड २२ लाख र राष्ट्रिय जीवन बीमाले ३ करोड ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

६ कम्पनीको घट्यो
गत वर्षको माघको तुलनामा यस वर्षको माघमा ६ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन घटेको छ । यस अवधिमा प्रभु महालक्ष्मी लाइफको ४२.१४ प्रतिशत, सन नेपाल लाइफको २१.५० प्रतिशत, राष्ट्रिय जीवन बीमाको १९.४८ प्रतिशत, एलआइसी नेपालको १९.०८ प्रतिशत, आइएमई लाइफको १२.२८ प्रतिशत र हिमालयन लाइफको ८.३० प्रतिशतले प्रथम बीमा शुल्क आर्जन घटाएका हुन् ।

९ वटाको बढ्यो
यस अवधिमा ९ जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क आर्जन बढेको हो । गत माघको तुलनामा यस वर्ष माघमा नेपाल लाइफको १८.८४ प्रतिशत, मेट लाइफको १८.६५ प्रतिशत, सूर्यज्योति लाइफको ११.३५ प्रतिशत, सिटिजन लाइफको ८.३६ प्रतिशत, एशियन लाइफको ६.५२ प्रतिशत, सानिमा रिलायन्सको ३.०९ प्रतिशत, नेशनल लाइफको १.९९ प्रतिशत र रिलायबल नेपालको ०.०६ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*