एक महिनामा आधा जीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा गिरावट

११ फाल्गुन २०८०, शुक्रबार १४:१४

काठमाडौं । जीवन बीमा कम्पनीले माघ महिनामा मात्र साढे १२ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले माघ महिनामा १२ अर्ब ६६ करोड २ लाख रुपैयाँको बीमा ब्यवसाय गर्ने सफल भएका हुन् । जुन पुष महिनाको तुलनामा १.५० प्रतिशतले बढी हो । पुष महिनामा भने कम्पनी १२ अर्ब ४७ लाख ३५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

माघ महिनामा नेपाल लाइफ इन्स्योरेन्सको ब्यवसाय सबै भन्दा उत्कृष्ट देखिएको छ भने हिमालयन लाइफ र एलआइसी नेपाल र नेशनल लाइफ क्रमशः दोस्रो, तेस्रो र चौथो रहेका छन् । माघ मात्र नेपाल लाइफले ३ अर्ब १८ करोड४२ लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ८१ करोड रुपैयाँ, एलआइसी नेपालले १ अर्ब ५२ करोड, नेशलन लाइफले १ अर्ब ४८ करोड, सूर्यज्योति लाइफले ७४ करोड ८६ लाख रुपैयाँ, एशियन लाइफले ७० करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्सले ५२ करोड ७३ लाख रुपैयाँ, सिटिजन लाइफले ५२ करोड ७३ लाख रुपैयाँ बीमा ब्यवसाय गरेको हो ।

त्यस्तै, मेट लाइफले ४५ करोड ६१ लाख रुपैयाँ, आइएमई लाइफले ३९ करोड ३३ लाख रुपैयाँ, रिलायबल नेपालले ३७ करोड ७३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३४ करोड ६९ लाख रुपैयाँ,सन नेपाल लाइफले ३४ करोड १२ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले २२ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

पुषको तुलनामा ६ कम्पनीको बढ्यो

पुषको तुलनामा माघमा ६ कम्पनीको कुल बीमा शुल्क आर्जनमा वृद्धि भएको छ । माघमा सर्वाधिक कुल बीमा शुल्क वृद्धि गर्नेमा हिमालयन लाइफ पहिलो नम्बरमा रहेको छ । माघमा कम्पनीले ४ं.५८ प्रतिशतले बीमा शुल्क आर्जन वृद्धि गरेको हो ।

त्यस्तै, सानिमा रिलायन्सले ८.५२ प्रतिशत, सिटिजन लाइफले ६.०६ प्रतिशत, सन नेपाल लाइफले ३.१५ प्रतिश, नेशनल लाइफले ५.६४ प्रतिशत र एशियन लाइफले ०.४६ प्रतिशतले कुल बीमा शुल्क आर्जन बढाएका हुन् ।

८ कम्पनीको घट्यो
पुषको तुलनामा माघ महिनामा आइएमई लाइफको १६.४४ प्रतिशत, एलआइसी नेपालको १०.८८ प्रतिशत, सूर्यज्योति लाइफको ९.२७ प्रतिशत, मेट लाइफको ७.६२ प्रतिशत, रिलायबल नेपालको ५.८० प्रतिशत, प्रभु महालक्ष्मीको ४.२२ प्रतिशत, राष्ट्रिय जीवन बीमाको ४.०२ प्रतिशत र नेपाल लाइफको २.४० प्रतिशतले कुल बीमा शुल्क आर्जन घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*