आइपीओ प्रस्ताव सहित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको साधारणसभा फागुन २७ गते

११ फाल्गुन २०८०, शुक्रबार १४:३५

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले फागुन २७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि आईपीओ निष्कासन हुनेछ ।

कम्पनीले सभामा प्रबन्धपत्रको दफा ६ को उपदफा ४र ५ वमोजिम सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, साधारण सेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग गर्ने जनाएको छ ।

कम्पनीले सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९र८० को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची लगायत सोहि अवधिका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७९र८० को कारोवारको लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षको नियुक्ति र निजलाई उपलब्ध गराएको पारिश्रमिक अनुमोदन गर्ने, आर्थिक वर्ष २०८०/८१ को कारोवारको लेखापरीक्षण गर्न कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने प्रस्ताव रहेको छ ।

समुह ‘क’ का संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सदस्यहरुको निर्वाचन गर्ने, कम्पनीको नियमावलीको नियम २७ को उपनियम ९२० ९ग० मा व्यवस्था भए वमोजिम १ ९एक० जना स्वतन्त्र विशेषज्ञ सञ्चालकको नियुक्ति गर्ने, सञ्चालक समितिका सदस्यहरुका लागि सञ्चालक समितिबाट निर्धारण गरिएको बैठक भत्ता तथा अन्य सेवा सुविधा अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*