बालुवाटार घेर्न पुगेका लघुवित्त पीडितले निषेधित क्षेत्र तोडे, प्रहरीलाई धकेल्ने केही पक्राउ

११ फाल्गुन २०८०, शुक्रबार १५:५०

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका लघुवित्त पीडितहरुले निषेधित क्षेत्र तोडेका छन् । प्रदर्शनकारीले राष्ट्र बैंक अगाडिको निषेधित क्षेत्र तोडेर अघि बढेपछि प्रहरीले बलपूर्वक रोकेको थियो ।

आफुहरुलाई रोकेपछि प्रदर्शनकारीले प्रहरीलाई धकेलधाकेल गरेका छन् । त्यसरी निषेधित क्षेत्र तोड्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार ११ जना पुरूष र २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । लघुवित्त पीडितहरुले केही दिन यता बालुवाटार केन्द्रीत प्रदर्शन जारी राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*