मनरासिस्वा नगरपालिकासँग बीमा अन्तरक्रिया

१३ फाल्गुन २०८०, आईतवार १३:१७

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकासँग फागुन ११ गते पालिकाको सभाहलमा बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुशुम शर्मा, नगर प्रमुख मोहन पाण्डेय, नगर उपप्रमुख शकुन्तला देवी, प्रमुख प्रशाकिय अधिकृत माधवेन्द्र चौधरीलगायत विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले गरेका हुन् । कार्यक्रममा करिब ८० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

प्राधिकरणका सहायक सहायक निर्देशक निर्मल खनालले स्वागत मन्तव्य राख्दै नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयमा आफ्नो प्रस्तुतिकरण व्यक्त गरे ।

तत्पश्चातको छलफलमा सहभागीहरुले जीवन र निर्जीवन बीमा एवं कृषि तथा पशुपन्छी बीमाका विविध विषयमा जिज्ञासा राखेका थिए । छलफलका क्रममा उठेका प्रश्न एवं जिज्ञासाको जवाफ सहायक निर्देशक खनालले दिउका थिए । साथै, जीवन र निर्जीवन बीमकका प्रतिनिधि एवं कृषि प्राविधिकले समेत उठेका जिज्ञासाको स्थानीय भाषामा जवाफ दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले गाउँगाउँसम्म बीमाको प्रचारप्रसार नभएको हुँदा मधेसमा बीमाको दायरा बढ्न नसकेको र यसका लागि स्थानीय तहले आवश्यक कार्य गर्ने बताए ।

कार्यक्रमको समापनमा प्रदेश कार्यालय प्रमुख शर्माले गाउँगाउँसम्म बीमाको पँहुच पुर्याउन थप पहल गर्ने बताइन् । उनले पालिका स्वयंमले आफ्ना भौतिक संरचनाको बीमा गराइ अभियानलाई सुरुवात गर्न अनुरोध गरिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*